तुलसीपुरमा चोरी गरेको अभियोगमा २ युवा पक्राउ



तुलसीपुरमा चोरी गरेको अभियोगमा २ युवा पक्राउ

तुलसीपुर ५ माघ । तुलसीपुरको विभिन्न स्थानमा चोरी गरेको अभियोगमा दुई जना युवालाई पक्राउ गरिएका छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ घरभई हाल वडा नं. ६ रजौरामा बस्ने २० वर्षिय दिलिप परियार र घोराही उपमहानगरपालिका १० नारायणपुर घर भई हाल तुलसीपुर ६ रजौरामा बस्ने १९ वर्षिय विशाल परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

माघीको दिन राति तुलसीपुर-सल्यान सडक खण्ड अन्र्तगत पर्ने पसलमा चोरी गरेको आरोपमा मंगलबार उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

उनीहरुको साथबाट दाप सहितको खुकुरी एक थान, राप्ती खुकुरी उद्योगको स्टयाम्प छाप एक थान, बच्चाले हातमा लगाउने चाँदीको जस्तो देख्ने बाला एक थान, चाँदीको जस्तो देखिने सिक्री एक थान, फलामको हतियार नोख एक थान, रा १ प ५४७३ नं. को मोटरसाइकलको सवारी दर्ता किताब एक थान, ११९६२१५० नं. को ममता डिसी (दाङ) को राहदानी एक थान, ०६६२७९०३ नं. को चोकमणी गिरी (दाङ) को राहदानी एक थान, कानमा लगाउने पहेलो रङ्गको गहना दुई जोडी, पहेलो रङ्गको चुरा दुई थान र मोबाइल दुई थान बरामद गरीएको प्रहरीले बताएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे