जिल्ला अदालत दाङमा पहिलो पटक गोला प्रक्रियाबाट मुद्दाको पेशी तोक्ने काम सुरु



जिल्ला अदालत दाङमा पहिलो पटक गोला प्रक्रियाबाट मुद्दाको पेशी तोक्ने काम सुरु

दाङ माघ ३ । दाङ जिल्ला अदालतमा पहिलो पटक गोला प्रक्रियाबाट मुद्दाको पेशी तोक्ने क्रम सुरु भएको छ । सोमबार देखि मुद्दाको पेशी तोक्ने तथा सुनवाई प्रक्रिया सुरु भएको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिए ।

जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालले सोमबार बिहान दश बजे मुद्दा सुनुवाईको प्रक्रिया थालनी गरेका हुन । अदालमा कार्यरत अन्य दुई जना न्यायाधीशहरु विदामा भएकाले उपस्थित न्यायाधीश शर्मा अर्यालले साप्ताहिक पेशी सूचीमा चढेका तीन वटा मुद्दा समुह मध्ये गोला छानेर २ नम्बर फाँट समुहका मुद्दाको सुनुवाई सुरु गरेका थिए ।

अदालतमा दर्ता भएका मुद्दाहरुको वाँडफाँड तथा सुनुवाई प्रक्रियामा पारदर्सिता कायम गर्न र अदालतबाट सम्पादन हुने न्यायिक कामकारवाही प्रति जनआस्था अभिवृद्धि गर्ने उद्देश्यसहित गोला प्रक्रिया मार्फत मुद्दाको सुनुवाई सुरु गर्ने अभ्यासको थालनी सुरु भएको हो ।

गोला प्रक्रियाको थालनीले कुन न्यायाधीशको इजलासमा मुद्दा पर्छ वा मुद्दाको सुनुवाई गर्दछ रु भन्ने पूर्व अनुमान लगाउन नसकिने हुँदा पारदर्सिता कायम गर्न र अदालतबाट सम्पादन हुने न्यायिक कामकारवाही प्रति जनआस्था अभिवृद्धि गर्न सहज हुने सूचना अधिकारी शर्माले तर्क गरे ।

गोला प्रक्रिया सुरु हुनु भन्दा पहिला कुन मुद्दा कुन न्यायाधीशको इजलासवाट सुनुवाई हुने हो रु भन्ने कुराको सहज जानकारी मुद्दा पक्षहरुलाई हुने गर्दथ्यो । गोला पर्थाले अब त्यस्तो संभावनाको अन्त्य गरि दिने विश्वस गरिन्छ । जसले गर्दा संभावित चलखेल समेत हुन नपाउने सरोकारवालाहरु बताउँछन् । पछिल्लो समयमा न्याय सम्पादनमा पारदर्सी ल्याउन थालनी गरिएको गोला पर्था प्रक्रिया साप्ताहीक पेसी सूचीमा नचढेका तर इजलास समक्ष सुनुवाइका लागि पेस हुनु पर्ने ब्यबस्था गरिएको छ ।

जसमा मिलापत्र तथा मुद्दा फिर्ता अधिकृत वारेसनामाको प्रमाणित र विशेष प्रकृतिका निवेदनजस्ता निवेदनहरु सामान्यतया सुनुवाइको अघिलल्लो दिन अपरान्ह ३ वजे सम्म दर्ता भएमा आउने दैनिक पेसी सूचीमा थप गरि सुनुवाई हुने छन । तर, त्यस्ता निवेदनहरु वाहेक सोही दिन इजलासवाट निकासा दिनु पर्ने पक्राउ पूर्जीको अनुमति, जरुरी पक्राउ पूर्जीको स्वीकृती म्याद थप, कल डिटेल लगायतका विषयहरुमा पेसी सूचीको स्थगित नभएको सूचीको संकेतांकको क्रमानुसार अघिल्लो क्रममा रहेको सूमुह सूचीको सुनुवाइ गर्ने इजलासबाट निकाशा दिइने छ ।

गोला पर्था सुरु भएपछि जिल्ला अदालत नियमावली २०७५ तथा जिल्ला अदालतमा गोला प्रक्रियाद्धारा पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका २०७८ बमोजिम साप्ताहिक पेसी सूचिमा चढेका दुई वटा कजलिस्ट मुद्दा फाँट १ र मुद्दा फाँट ४ समुहका सवै मुद्दाहरु स्थगित भएको सूचना अधिकारी शर्माले जानकारी दिए । ती फाँटसंग सम्बन्धित पुरक पेसीको रुपमा पेश भएका निवेदनहरु भने स्थगित नभई उपस्थित न्यायाधीशबाट सुनुवाई हुने दैनिक कजलिष्टमा थप गरी सुनुवाई प्रक्रिया सुरु गरिएका छन् ।

सूचना अधिकारी शर्माका अनुसार बल इजलासबाट हेरिने मुद्दा वाहेक अदालतमा दर्ता भएका सवै मुद्दाहरु अव उप्रान्त साप्ताहिक पेसी सूचिमा चढेका मुद्दाहरुका आधारमा गोला प्रक्रियाबाट प्रत्येक दिन सुनुवाई हुने मुद्दाको टुँगो तानेर लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे