दाङमा आइतबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा आइतबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २ माघ । दाङमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ८१ जनाको पिसीआर परिक्षण गर्दा ४६ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका ३७ जना, तुलसीपुरका ७ जना, राजपुर र दंगीशरणका एक/एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

त्यस्तै जिल्लामा आज सक्रिय संक्रमितको संख्या ३ सय २३  जना रहेको छ । उनीहरुमध्ये ३ सय ४ जना घरमा, १८ जना सामान्य उपचारमा र १ जना आइसियू सहितको उपचारमा रहेको केन्द्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे