मन्त्रिपरिषद् बैठकद्धारा माघ १५ गते सम्म मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय



मन्त्रिपरिषद् बैठकद्धारा माघ १५ गते सम्म मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय

काठमाण्डौ २ माघ । सरकारले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

यस्तै धेरै जना भिडभाड हुने गतिविधी पनि माघ मसान्तसम्म नगर्ने, बैठक, गोष्ठि, समीक्षा, जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमै उपस्थित भएर गर्नुपरेमा एण्टिजेन परीक्षण गर्ने र जनस्वास्थ्यका मापदण्डको पालन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे