मौरीघाटमा स्वर्गीय श्रीनारायणको स्मृति दिवस तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न



मौरीघाटमा स्वर्गीय श्रीनारायणको स्मृति दिवस तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

मौरीघाट २ माघ । स्वर्गिय शहिद श्रीनारायण चौधरीको २१ आँै स्मृति दिवस तथा श्रद्धान्जलीसभा कार्यक्रम आइतवार राप्ती गाउँपालिका ४ मौरीघाटमा सम्पन्न भएको छ ।
माघ २ गते स्वर्गिय श्रीनारायण चौधरीको पुण्य तिथि पारेर नेपाली कांग्रेसले नियमित रुपमा स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै आएको छ ।
केन्द्र, जिल्ला तथा क्षेत्र स्तरका नेता कार्याकर्ता सहभागि स्मृति दिवस तथा श्रद्धान्जली कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

कोभिड सुरक्षा मापडण्ड पालना गर्दै नेपाली कांग्रेस राप्ती गाउँपालिकाले स्मृति सभा तथा श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको हो । यसै क्रममा स्वर्गीय शहिद श्रीनारायण चौधरीको शालिक परिसरमा आयोजना गरिएको स्मृति दिवस तथा श्रद्धाञ्जली सभा कार्यक्रम नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरीको अध्यक्षता तथा केन्द्रिय सदस्य योगेन्द्र चौधरीको प्रमुख आथित्यतामा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे