होटल पौवाले माघीको अवसरमा ग्राहकहरुलाई विशेष परिकारका साथ स्वागत गर्दै



होटल पौवाले माघीको अवसरमा ग्राहकहरुलाई विशेष परिकारका साथ स्वागत गर्दै

भालुवाङ ३० पुस । होटल पौवाले माघीको अवसरमा ग्राहकहरुलाई विशेष स्वागत गर्दै विभिन्न परिकार खुवाउने भएको छ । नेपाली परम्परागत नाम र नेपालीपन सहितको सेवा दिने उदेश्यले स्थापना भएको होटल पौवाले माघीको अवसर पारेर माघ १ गतेका दिन माघी स्वाद उत्सव मनाउन लागेको हो ।नेपाली परम्परागत खाना पस्कने गरी विशेष पर्वका रुपमा माघी मनाउने तयारी गरिएको होटल पौवाले जनाएको छ । माघे संक्रान्तिका दिन स्वादउत्सव सहित पाहुनाहरुलाई थारु पहिरनमा रहेका युवतीहरुद्धारा स्वागत गर्न थालिएको होटल पौवाका प्रमुख परिचालन अधिकारी कृष्ण गौतमले बताउनु भयो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा थारु, मगर समुदायको परिकारहरु चखाउनुका साथै चिकन मरौठा, कफि लगायत विभिन्न परिकारको स्वाद लिन सकिने गौतमले बताए । माघ १ गतेकै अवसरमा रुपन्देहीको भैरहवा, कपिलवस्तुको गोरुसिङ्गे, दाङको घोराही र लमही तथा कैलालीको धनगढीमा थारु संस्कृतिमा आधारित परिकारहरुको प्रदर्शनी तथा स्वाद पस्कने कार्यक्रम राखिएको छ ।त्यसै गरी कणर्ालीको जुम्ला र गुल्मीको रेसुङ्गामा स्थानीय परिकारको स्वाद उत्सव गरेर माघ १ गतेको पर्व मनाउने कार्यक्रम रहेको पौवाले जनाएको छ । जहाँबाट आतिथ्यको सुरुवात हुन्छ,’ भन्ने मुल नाराका साथ स्थापना भएको पौवाले चेन विजनेशका रुपमा विकास गरेर नेपाली खानालाई प्रबद्र्धन गर्दै अन्तर्राष्ट्रियकरण गर्न लागि परेको दावी गरिएको छ ।

विभिन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खानालाई मेनुमा समावेश गरिएको गौतमले जानकारी दिए । हालै पौवाले लञ्च गरेको चिकन मरौठी स्वाद पारखीको मनमा बस्न सफल उनको दाबी छ । पौवाका अनुसार स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशको भालुवाङ, लमही, घोराही, भैरहवा, बुटवल, गोरुसिङ्गे, तानसेन, रेसुङ्गामा शाखा विस्तार भएको छ भने सुदुर पश्चिमको धनगढी र कणर्ाली प्रदेशको जुम्लामा पनि पौवाले सेवा दिँदै आएको छ ।

त्यसै गरी गण्डकी प्रदेशको राजधानी पोखरा र बाग्मती प्रदेशको चितवन टाडीमा सेवा विस्तारको तयारी भइरहेको पौवाले जनाएको छ ।
पौवाले चिसो मौसममा ग्राहकलाई न्यानो आतिथ्यता प्रदान गर्न पुस १५ देखि फागुन १ गतेसम्म चल्ने निःशुल्क कफि अफर समेत सञ्चालन गरेको छ ।
३ मोडलमा रहेर अहिले सम्म ५० करोड रुपैयाँ बढी लगानी भएको गौतमले बताए । उनले थोरैथोरै पुँजीबाट लगानी गरेर आफै रोजगार सृजना गर्ने काम भएको बताए । कामदारहरुलाई आफै मालिक बनाउने अभियान स्वरुप पौवामा रहेका श्रमिकहरु आफै शेयरधनी बनाउने लक्ष्य अनुरुप धेरै कर्मचारी पौवाको आफै लगानीकर्ता बन्दै गएको गौतमले बताए । पौवामा अहिले सम्म ३ सय जना जनशक्तिले राजगारी पाएका छन् ।

नेपालमा १० वटा सञ्चालनमा रहेको र २ वटा विस्तारको चरणमा रहेको पौवाले मिसन हन्ड्रेड कार्यक्रम अन्तर्गत शाखा विस्तार गर्दै लैजाने गौतमले बताए । पौवाले गुणस्तरीय सेवा दिएर छोटो समयमा सेवाग्राहीको मन जित्न सफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे