राप्ती गाउँपालिका अध्यक्ष सुवेदी र उपाध्यक्ष चौधरीलाई कोरोना संक्रमण पुष्टि



राप्ती गाउँपालिका अध्यक्ष सुवेदी र उपाध्यक्ष चौधरीलाई कोरोना संक्रमण पुष्टि

भालुवाङ ३० पुस । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र उपाध्यक्ष जगदम्बाकुमारी चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष सुवेदीलाई ४ दिन अघि भालुवाङ प्रस्तावित अस्पतालमा एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएको हो भने उपाध्यक्ष चौधरीलाई बिहिवार कोरोना पुष्टि भएको होे ।

उपाध्यक्ष चौधरीले सिसहनियाँ स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । दुवै जनामा ज्वरो आउने, टाउको दुख्ने, घाँटी खसखस गर्ने र शरीर दुख्ने लक्षण देखिएको थियो । संक्रमित अध्यक्ष र उपाध्यक्ष अहिले होम आइसोलेनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे