रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी



रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी

पुस ३० सल्यान । रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी भएको छ ।

सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ३ पुतलीबासमा रहेको १०० वाटको ट्रान्समिटर गएराति चोरी भएको स्टेसन म्यानेजर डिल्लीराज रावतले बताएका छन् ।

ट्रान्समिटर चोरी भएपछि अहिले रेडियोको प्रसारण बन्द भएको छ । चोरी ट्रान्समिटर खोजतलासको लागी प्रहरीमा उजुरी गरिएको स्टेसन म्यानेजर रावतले बताए ।

रेडियो तहल्का विगत दुई वर्षदेखि पुतलीबासबाट रिले प्रसारण भैरहेको छ । २०७१ सालदेखि संचालनमा आएको रेडियो तहल्काको मुख्य स्टुडियो भने सल्यान सदरमुकाम खलंगामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे