दाङमा अटो दुर्घटनामा परी एक जनाको मृत्यु



दाङमा अटो दुर्घटनामा परी एक जनाको मृत्यु

दाङ ३० पुस । दाङमा ट्याक्टर संग अटो ठोकिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण ४ बस्ने ५० बर्षिय दिपक बुढाथोकी रहेको प्रहरी बताएको छ।

तुलसीपुरबाट हेकुली तर्फ जादै गरेको रा १ ह २९६६ नम्बरको अटो रोकिराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टर संग हेकुलीमा विहिवार बेलुका ७:३० बजे ठोकिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिएका छन।

दुर्घटनामा अटो चालक दंगिशरण ३ हेकुली बस्ने २७ बर्षिय मनीष चौधरी घाईते भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाईते भएका बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रिफर गरिएकोमा बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते चौधरीको टाउको,मुख,बायाँ हातमा गहिरो चोट लागेको छ । प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे