देउखुरीकाे रिहार धामको मुर्ति हरायो



देउखुरीकाे रिहार धामको मुर्ति हरायो

शिवु खनाल, देउखुरी ४ कात्तिक ।

दाङको प्रसिद्ध धार्मिक स्थल बगारबाबा धार्मिक विकास क्षेत्र भित्र रहेको मुर्ती हराएको छ । बगारबाबा शिव मन्दिर भित्र रहेको चर्तुमुख भएको शिवजीको मुर्ती एक हप्तादेखि हराएको मन्दिरका पुजारीराम चौधरीले जानकारी दिए ।

सधै खुल्ला रहने उक्त मन्दिर भित्र रहेको मन्दिर भित्र रहेको मुर्ती चोरी भएको हुन सक्ने बताइएको छ । सरकारको सय पर्यटकिय गनतव्य मध्येको एक बगारबाबा रिहार धामको मन्दिरको नजिकै प्रहरी चौकी रहेपनि प्रहरीलाई समेत झुक्काएर मुर्ती चोरी भएको छ ।

प्रहरी चौकी रिहारका प्रमुख पवन चौधरीले मन्दिरमा पुजा गर्न दैनिक जसो मत्तजन आउने भएकाले आफुहरुले मन्दिर क्षेत्रको सुरक्षा भन्दा अनेत्र सुरक्षा दिने भएका कारण मन्दिरबाट मुर्ती चोरी भएको जानकारी नपाएको बताए । प्रहरीले मुर्तीको खोजी कार्य जारी राखेको जनाएको छ ।

रिहार धार्मिक स्थलकोे विषयमा अध्यन अनुसन्धान गर्नुभएका उदयराज आलेले उक्त मुर्तीको प्रशङ द्धापर युगसंग जोडिएको भएपनि मुर्ती पछी स्थापना गरिएको जानकारी दिए । ‘मुर्तीको इतिहाँस सयौ बर्षसंग जोडिएको छ,यसरी मन्दिर परिसरबाटै मुर्ती हराउँदै जानु राम्रो विषय होइन आले भने ।’

यसभन्दा पहिले पनि रिहार क्षेत्रबाट शिला(भौरी) हराएको थियो । हालसम्म उक्त शिला नभेटिपछी अर्को शिलाको व्यवस्थापन गरिएको छ । ७५ किलोग्रामको भौडी ढुङ्गालाई काँधमा राखेर बगार बाबा मन्दिरको परिक्रमा गर्ने हो भने इच्छाएको कुरा पुरा हुने बिश्वास गरिन्छ ।

ढुङ्गा बोक्न भक्तालुको होडबाजि माघे संक्रान्तिको अबसरमा रिहारमा ठूलो मेला लाग्ने गर्छ । बगार बाबा मन्दिर परिसर भित्र रहेको उक्त ढुङ्गा उठाउने हरूको यहाँ होडवाजी नै चल्छ ।

कस्ले उठाउन सक्छ भन्दै एक आपसमा बाजि पनि थाप्ने चलन छ । यो प्रचलन वर्षौ पहिले देखि चल्दै आएको छ । बगार बाबाको भौडी ढुङ्गा उचाल्न सक्नेहरु बीर र सफल व्यक्ति कहालिन्छन् । तर, सोही ढुङ्गा नै हराएपछि रिहारको महत्वमा कमि आउने लमही नगरपालिका वडा नम्बर ८ सतवरीया निवासी सुरज चौधरीले बताए ।

यहाँ आउने प्राय भक्तजनहरुले एक पटक त्यही आस्थाले गर्दापनि उक्त भौडी ढुङ्गा काधमा बोक्ने प्रयास गर्थे ।अधिकांश भारतीय तीर्थयात्रुहरुको भिड रहने रिहारमा ढुङ्गाले पनि बढि आकर्षित गथ्र्यो ।

राजनितिक कारण साधरणसभा हुन सकेन मन्दिर छ तर, संरक्षण छैन । मन्दिर परिसरमै घिनाउदो फोहर लटरम्म छ । मन्दिरका पर्खाल जिर्ण अवस्थामा छ । कोहि कसैको मन्दिर संरक्षण तर्फ ध्यान जान सकेको छैन । मन्दिरको अवस्था दिनप्रतिदिन जिर्ण बन्दै छ ।

पुजारीले माधक पदार्थ सेवन गरेर मन्दिरमा बस्छन् । २०४९ सालमा भएको साधरणसभा पछि बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्र रिहारको वार्षिक साधारण सभा २७ वर्षपछि पनि राजनितिक कारणले साधरणसभा हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे