विजयादशमीको अवसरमा सिसहनियाँ र पिपरीमा रहेको मठ मन्दिर सरसफाई



विजयादशमीको अवसरमा सिसहनियाँ र पिपरीमा रहेको मठ मन्दिर सरसफाई

ओमप्रकाश गुप्ता, सिसहनियाँ ४ कार्तिक ।

विजयादशमीको अवसरमा दाङ देउखुरीको सिसहनियाँ र पिपरी बजार क्षेत्रमा रहेका मठ मन्दिरको मंगलवार सरसफाई गरिएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्स, प्रहरी चौकी सिसहनियाँ र साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सयुक्त आयोजनामा मंगलवार विहान राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँ बजारमा रहेको दुर्गा मन्दिर, सिसहनियाँ स्वास्थ्य चौकी अगाडीको दुर्गा मन्दिर, प्रहरी चौकी परिसरमा रहेको दुर्गा मन्दिर र पिपरीमा रहेको शिव मन्दिरमा सरसफाई गरिएको हो ।

विजयादशमीका अवसरमा मन्दिरलाई सफासँगै मन्दिरलाई आकर्षक देखाउनका लागि मन्दिर परिसर सरसफाई गरिएको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् ।

सरसफाई कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, प्रहरी चौकी सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक बत्तीकुमार पोख्रेल, साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शान्तराज शर्मा र स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे