अस्पतालबाट कैदी नाइके परियारले लिएर भागेको मोटरसाइकल मसोट जंगलमा फेला



अस्पतालबाट कैदी नाइके परियारले लिएर भागेको मोटरसाइकल मसोट जंगलमा फेला

दाङ १० पुस । अस्पतालबाट कैदी नाइके यमराज परियारले लिएर भागेको मोटरसाइकल प्रहरीले फेला पारेको छ ।

दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेका अनुसार परियारले भाग्न प्रयोग गरेको लु ३४ प ४१० नम्बरको मोटरसाइकल शुक्रबार लमही घोराही सडक खण्डको मुसोट जंगलमा फेला पारेको हो ।

उक्त मोटरसाइकल कारागारमा कार्यरत प्रहरी जवान धनबहादुर चाैधरीको हो । चाैधरीले परियारलाई उपचारकाका लागि अस्पताल लगेको र आफ्नै मोटरसाइकल दिएर कैदी परियारलाई भगाएको चौधरी माथी आरोप लागेको छ ।

अहिले प्रहरी जवान चाैधरी प्रहरी हिरासतमा छन । फरार परियारको खोजी तीव्र पारिएको र कुनै पनि हालतमा अपराधी उम्किनी नपाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे