अनेरास्ववियु दाङको चार पालिका अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन



अनेरास्ववियु दाङको चार पालिका अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन

दाङ ८ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दाङको चार पालिका अधिवेशन सम्पन्न भएको छ । संगठनको केन्द्रिय सर्कुलर अनुसार बुधवार चार पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला संयोजक सर्जन परियारले जानकारी दिनुभयो । घोराही, लमही , बबई र शान्तिनगर पालिका अधिबेशनले नयाँ नेतृत्व चयन गरेको उनले जानकारी दिएका छन् ।

जस अनुसार घोराही उपमहानगरपालिकाको अध्यक्षमा रवि भक्त केसी, उपाध्यक्षमा सौगात सिजवाल, सचिवमा प्रेम प्रकाश वली, सहसचिवमा सन्तोष गिरि र विसाल चौधरी, कोषाध्यक्षमा अमृता विश्वकर्मा चयन भएका छन् ।

लमही नगरपालिकाको अध्यक्षमा विकाश भट्टराई, उपाध्यक्षमा सुगम भण्डारी, सचिवमा सरिता थापा मगर, सहसचिवमा अनुराज चौधरी र सुस्मा विश्वकर्मा, कोषाध्यक्षमा दामोदर भट्टराई चयन भएका छन् ।

त्यसै गरी बबई गाउँपालिकाको अध्यक्षमा शिवकुमार केसी, उपाध्यक्षमा पुष्पकमल राणा र प्रेम बहादुर गिरी, सचिवमा आरती वली, सहसचिवमा दलबहादुर परियार, कोषाध्यक्षमा हिमाल परियार चयन भएका छन् ।

शान्तिनगर गाउँपालिकाको अध्यक्षमा मदन भण्डारी, उपाध्यक्षमा केशब घर्ती, सचिवमा देवी वली, कोषाध्यक्षमा पुजा विक चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे