पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुस १० गते दाङको देउखुरी आउँदै



पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुस १० गते दाङको देउखुरी आउँदै

भालुवाङ ८ पुस । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल पुस १० गते शनिवार दाङको देउखुरी आउन लागेका छन् ।

लुम्बिनी प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न माधवकुमार नेपाल लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको राप्ती गाउँपालिका १ पाखापानी स्थित खेलमैदानमा दुई दिन सम्म चल्ने भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वाेधन गर्न नेपाल आउन लागेका हुन । साथै पार्टी अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रमकाे तयारी समेत पुरा भएको एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणी चाैधरीले जानकारी दिएका छन् ।

कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल संगै पार्टीका उपमहासचिव विजय पाैडेल, सचिव भागवत विश्वासी, अर्का सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाक्री,पाेलिटब्युराे सदस्य मेटमणी चाैधरी, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हिरा केसी लगायतका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे दाङ पार्टी जिल्ला कमिटीले जानकारी दिएको छ ।

कार्यक्रमकाे पहिलो दिन शनिवार खुल्ला कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं पाटीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने भएकाले पार्टी कार्यकर्ता, शुभचिन्तक सबैमा सहभागि हुन समेत चाैधरीले आग्रह गरेका छन । पछिल्लो समय एकीकृत समाजवादी पार्टीप्रति जनताको आकर्षण बढेकोले शनिवार खुला कार्यक्रममा लाखौको उपस्थिती हुने अनुमानका साथ तयारी गरिएको छ ।

हजारौं नागरिकहरू पार्टी प्रवेश गर्ने तयारी
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकाे हातवाट टीका लगाएर हजारौं नागरिकहरु पार्टी प्रवेश गर्ने तयारी रहेकाे छ । एकीकृत समाजवादी पार्टी दाङ जिल्ला अध्यक्ष सुरामणि वेल्वासेका अनुसार दाङ जिल्लावाट मात्रै ५ हजार नागरिकहरु  पार्टी अध्यक्ष माधवकुमार नेपालवाट टीका लगाएर समाजवादी पार्टीमा प्रवेश गर्ने तयारी गरिएको वताए ।

यस्तै कपिलवस्तु, प्युठान, अर्घाखाँची, गुल्मी, रुपन्देही, नवलपरासी, वाके, राेल्पा, वर्दिया, रुकुम, पाल्पाका पनि सयौं मानिसहरुलाई पार्टी प्रवेश गराउने र उचित जिम्मेवारी प्रदान गर्ने तयारी रहेकाे लुम्बिनी पार्टी ईन्चार्ज भागवत विश्वासीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे