राप्ती गाउँपालिकामा अहिले सम्म ५ सय बढीको मतदाता नामावाली संकलन



राप्ती गाउँपालिकामा अहिले सम्म ५ सय बढीको मतदाता नामावाली संकलन

भालुवाङ ८ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिकामा फोटो सहितको मतदाता नामावाली सङ्कलन कार्य जारी रहेको छ ।

निर्वाचन कार्यालय दाङको टोलीद्धारा राप्ती गाउँपालिकाको ९ वटै वडालाई लक्षित गरी वडागत रुपमा मतदाता नामावली संकलन कार्यलाई जारी राखेको छ ।

मतदाता नामावलीलाई ब्ययवस्थीत बनाउन वडागत रुपमा पालो लगाई गाउँपालिकाले समन्वय गरिरहेको छ ।
पुष ४ गते देखी राप्ती गाउँपालिकामा सुरु भएको मतदाता नामावली संकलन कार्य आगामी पुस १८ गते सम्म चल्ने भएको छ ।

विगतमा मतदाता नामावलीमा नजोडिएका १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिककको फोटो खिच्ने काम सञ्चालन भैरहेको छ । अहिले सम्म ५ सय बढी नागरिकहरुको मतदाता नामावली संकलन गरिसकिएको राप्ती गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिनु भएको छ ।

मतदाता नामावली संकलन अभियान अन्तरगत पुस ९ गते वडा नम्बर ४, १० र ११ गते वडा नम्बर ५, १२ गते वडा नम्बर ६, १३ गते वडा नम्बर ७, १४ गते वडा नम्बर ८, १५ गते वडा नम्बर ९ का नागरिकलाई सहभागी गराएर मतदाता नामावली संकलन गरिने बताइएको छ । बाँकी छुटेका नागरिकहरुलाई १६ देखि १८ गते सम्म मतदाता नामावली संकलन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे