लमहीबाट जंगली जनावर बदेलको मासु सहित एक जना पक्राउ



लमहीबाट जंगली जनावर बदेलको मासु सहित एक जना पक्राउ

भालुवाङ ८ पुस । दाङको देउखुरीमा बँदेलको मासु सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर २ बेला गैरा घर भएका ४५ वर्षिय रामसुन्दर चौधरी रहेका छन् ।

जंगली जनावर बँदेलको मासु लिएर आउँदै गरेको गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीले बिहिवार बिहान १० बजे लमहीको सनलाइट चोकबाट नियन्त्रणमा लिएको हो ।

क्राउ परेका चौधरीको साथबाट ८ किलो काचो मासु बरामद भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनु भयो । पक्राउ गरेका चौधरी र बँदेलको मासुलाई वडा प्रहरी कार्यालय लमहीले डिभिजन वन कार्यालय देउखुरी लमहीलाई बुझाइएको छ । चौधरी माथि थप अनुसन्धान भइरहेको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाही हुने वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे