कांग्रेस र कम्युनिष्टले देशलाई तीन दशक देखि बन्धक बनाएको लिङदेनको आरोप



कांग्रेस र कम्युनिष्टले देशलाई तीन दशक देखि बन्धक बनाएको लिङदेनको आरोप

दाङ ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले देश इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश कमिटीले बिहीवार तुलसीपुरमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले स्वाभिमान र आफ्नोपन हराउँदै जाँदा देश संकटको अवस्थामा पुगको बताए ।

उनले कांग्रेस र कम्युनिष्टले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देशलाई बिगत तीन दशकदेखि बन्धक बनाएको आरोप समेत लगाए ।
जनतालाई कांग्रेस कम्युनिष्टले ठुला-ठुला सपना बाँडेर चुनाब जितेपनि देशमा कुनै किसिमको परिवर्तन नभएको उनको भनाई छ । अध्यक्ष लिंदेनले बरु अहिलेको सत्ता साझोदार दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानाकोरुपमा विकास गरेको आरोप लगाए ।
अध्यक्ष लिंदेनले राजसंस्था फाल्नु नै गलत भएको बताए । उनले कांग्रेस कम्युनिष्टले राजाकै कारण देश नबेनेका बताएपनि अहिले धेरै राजाहरुकै कारण देश वर्वादीमा पुगेको बताए । विदेशी बैंकमा राजाले पैसा राखे भन्नेहरुले नै अहिले आफैँ पैसा राखेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे