कडा सुरक्षाका साथ नेपाली कांग्रेस दुई नम्बर प्रदेशमा अहिले मतदान हुँदै



कडा सुरक्षाका साथ नेपाली कांग्रेस दुई नम्बर प्रदेशमा अहिले मतदान हुँदै

काठमाण्डाै ८ पुस । कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा आज मतदान हुँदैछ । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ ।

हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । हिजो विवादका क्रममा कुटाकुटसमेत भएको थियो । मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि दिउँसो १ बजेदेखि मात्रै मतदान गर्ने तयारी भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश-२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् ।

गएको मंसिर १७ गते प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ भएको भन्दै अधिवेशन केन्द्रीय महाधिवेशन पछि मात्रै गर्ने गरी स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे