क्रान्तिकारी पत्रकार संगठनका २ केन्द्रिय सदस्य सहित १२ जना पत्रकारहरु प्रेस चौतारीमा प्रवेश



क्रान्तिकारी पत्रकार संगठनका २ केन्द्रिय सदस्य सहित १२ जना पत्रकारहरु प्रेस चौतारीमा प्रवेश

दाङ ५ पुस । क्रान्तिकारी पत्रकार संगठन नेपालका २ केन्द्रिय सदस्य सहित १२ जना पत्रकारहरु प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

सोमवार घोराहीमा भएको प्रेस चौतारी नेपाल दाङ शाखाको नवौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय सदस्यद्धय सन्तोषकुमार गुप्ता, विदुर एमसी सहित पत्रकारहरु ओमप्रकाश गुप्ता, निमराज पोख्रेल, अंशु बोहरा, विरेन्द्र गिरी, हुमा सुनार, किरण जिसी, विमल राना, विन्दु कुवर, अरुण पौडेल लगायत रहेका छन् ।

नव प्रवेशीहरुलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले फुलमाला र टिका लगाएर प्रवेश गराएका थिए । प्रवेश गरेका सवै राप्ती गाउँपालिका क्षेत्रका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे