प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, संसद अवरोध र एमसीसीको विषयमा छलफल हुने



प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, संसद अवरोध र एमसीसीको विषयमा छलफल हुने

काठमाण्डाै ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बाेलाएका छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको बैठकको विषय भने खुलाइएको छैन ।

बैठकमा संघीय संसदमा भैरहेको अवरोध र अमेरिकी सहयोग एमसीसीबारेमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसदको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । यस्तै संसदमा दर्ता भएको एमसीसी सम्झौताबारेमा छलफल हुन सकेको छैन । एमसीसी सम्झौताका बारेमा विवाद छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे