खिमबहादुर शाह मावि विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा गठबन्धन प्यानल बिजयी



खिमबहादुर शाह मावि विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा गठबन्धन प्यानल बिजयी

लमही २९ मंसिर । दाङको लमही स्थित रहेको खिम बहादुर शाह माध्यामिक विद्यालयको विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा संयुक्त गठबन्धन प्यानलका सबै उम्मेदवार बिजयी भएका छन ।

उक्त निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर नेकपा एमालेसंग चुनावी मैदानमा उत्रिएका थिए । विद्यालय ब्यवस्थापन समितिको लागि पटकपटक छलफल गर्दा सहमति नजुटे पछि निर्वाचन भएको हो ।

संयुक्त गठबन्धन प्यानलबाट भुपलाल चौधरी चुनाव चिन्ह कार १५७, मिथुन चौधरी चुनाव चिन्ह बाघ १५५, सपना कवंर कुमाल चुनाव चिन्ह गाग्री १५९, रमिता चौधरी चुनाव चिन्ह भाले १६३ मत प्राप्त गरेका छन ।

नेकपा एमालेको प्रगतिशील लोकतान्त्रिक प्यानलबाट सन्तोष चौधरी चुनाव चिन्ह घडी १३५, राम प्रसाद चौधरी चुनाव चिन्ह खरायो १३४, जानकी चौधरी चुनाब चिन्ह घर १३३ र तुलसा कुमाल चुनाव चिन्ह माछा १३० मत प्राप्त गरेका थिए । कुल ४ सय २७ मतदाता रहेको मध्य ३ सय १७ मत खसेको र दश मत बदर भएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख तथा निर्वाचन अधिकृत रबिन्द्र क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे