कांग्रेस महाधिवेशन : पाैने ६ बजेसम्म २ हजार ८ सय ९ मत खस्याे



कांग्रेस महाधिवेशन : पाैने ६ बजेसम्म २ हजार ८ सय ९ मत खस्याे

काठमाण्डाै २७ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज साेमवार भइरहेकाे मतदानमा दुई हजार आठ सय नाै मत खसेको छ । आज दिउँसाे १२ बजेदेखि सुरु भएकाे मतदानमा अहिलेसम्म दुई हजार आठ सय नाै मत खसेकाे हाे ।

महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेकाे छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले राष्ट्रिय सभा गृहमा ९ सय र भृकुटीमण्डपका दुई ठाउँ (प्रदर्शनी हल र प्राङ्गण) मा नाै सय ५४ र नाै सय ५५ गरी एक हजार नाै सय नाै मत खसेकाे छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई ठाउँमा दुई हजार एक सय र एक हजार तीन सय तथा राष्ट्रिय सभा गृहमा एक हजार तीन सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।

कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न झन्डै आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा प्रतिनिधिकाे सङ्ख्या चार हजार सात सय ४३ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे