दाङकाे कोइलाखानीमा च्यापिदा एक जनाको मृत्यु



दाङकाे कोइलाखानीमा च्यापिदा एक जनाको मृत्यु

दाङ २७ मंसीर । दाङमा कोईला खानीमा च्यापिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १९ का ४६ वर्षीय भक्त बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमबार मध्यान्न १२ बजे घोराही उपमहानगरपालिका वडा नं. १ दाङजामा रहेको पशुपति कोईलाखानी उद्योगमा काम गर्दै गर्दा सुरुङ भित्र च्यापिदा घाइते हुनुभएको थियो । घाईते घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे