लमहीमा गौमुखी सहकारीको साधारणसभा सम्पन्न



लमहीमा गौमुखी सहकारीको साधारणसभा सम्पन्न

लमही २५ मंसिर । गौमुखी बचत तथा ऋण सहकारी संस्थाको नबौ बार्षिक साधारण सभा शनिवार लमहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदमप्रसाद पुडासैनीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसीको प्रमुख आतिथ्यता तथा देउखुरी सहकारी सञ्जालका अध्यक्ष रेशम बिसीको बिशिष्ठ आतिथ्यतामा भएको साधारण सभामा बोल्ने बक्ताहरुले सहकारी संस्थाले थोरै थोरै छरिएर रहेको पँुजीलाई एकत्रित गरि साना तथा लघु उद्यम ब्यबसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नका लागि सहयोगी भएको कुरामा जोड दिएका थिए ।

आर्थिक सबलीकरण नभै कुनै पनि क्षेत्रको बिकास हुन नसक्ने भएकाले बचत तथा ऋण सहकारीले बिपन्न समुदायका मानिसहरुलाई बचत गर्न उत्प्रेरित गर्नुका साथै आत्मनिर्भर बन्नका लागी पनि सहयोगी भएको बक्ताहरुको भनाई रहेको थियो । पछिल्लो समय केही सहकारीहरुले गरेका आर्थिक अपारदर्शिताका कारण अन्य सहकारीहरुलाई समेत नकरात्मक असर परेको बताउदै आर्थिक बचत तथा ऋण सहकारीहरुमा आर्थिक पारदर्शिता अनिबार्य भएको बक्ताहरुको भनाई थियो । सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बिमबहादुर केसीले बचत तथा ऋण सहकारीहरुले स्थानीय स्तरमा मात्र नभई देशको आर्थिक समृद्धी र बेरोजगारी समस्या समाधानका लागि पनि सहयोगी भएको बताए ।

अन्जु भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पदमप्रसाद गोराथोकी, रेशम बिसी लगायतले बोलेका थिए । संस्थाका सचिब दामोदर पण्डितले बार्षिक र कोषाध्यक्ष ऋषि आर्चायले आर्थिक प्रतिबेदन पेश गरेका थिए । सो अबसरमा जेष्ठ नागरिक ललितराज भट्ट, असल कर्मचारी पबित्रा आचार्य, उत्कृष्ट ऋणी माधब भुसाल, उत्कृष्ट बचतकर्ता गोबिन्द भुसाल र हेमराज सुबेदीलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिब दामोदर पण्डितले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे