लमहीमा ट्रमा सेन्टर बन्न सुरू, सांसद शर्माद्धारा स्थलगत अनुगमन



लमहीमा ट्रमा सेन्टर बन्न सुरू, सांसद शर्माद्धारा स्थलगत अनुगमन

लमही २४ मंसिर । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले ट्रमा सेन्टर निर्माण सुरु भएको बारेमा स्थलगत अनुगमन गरेका छन् । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना प्रादेशिक ट्रमा सेन्टरको भौतिक निर्माणको काम सुरु भएको हो ।  चार तल्लाको मुख्य भवन सहित चिकित्स बस्नको लागी आवास भवन, चमेना गृह सहित शौचालय बन्ने छ ।

करिब २२ कट्ठा जग्गामा निर्माण सुरु भएको प्रदेश ट्रमा सेन्टर निर्माणको काम साढे दुई बर्षमा सक्ने लक्ष्य रहेको छ । २९ करोड २३ लाख १६ हजार ७६ सय ३७ रुपैयाँको ईस्टिमेट तयार भएको ट्रमा सेन्टर बनाउन १९ करोड ४१ लख ४ सय १४ रुपैयाँमा सम्झौता भएको छ । लामा एण्ड गौरी शंकर हिमालयन कस्ट्रक्सन प्राली कपन संग २०७७ चैत २४ गते सुरु भएको थियो । ०७८ बैशाख १ गते देखी कार्य प्रारम्भ गरिएको थियो ।

तर, जग्गा सम्वन्धि समस्या आएपछी झण्डै आठ महिना कामले गति लिन पाएन । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले ट्रमा सेन्टर निर्माणको काम सुरु भएको बारेमा स्थलगत अनुगमन गर्नु भएको छ । प्रदेश सरकारले दुर्घटनामा परेर मृत्युको मुखमा पुगेकाहरुको जीवन रक्षा र उपचार गर्ने उद्देश्यले ट्रमा सेन्टर बनाउन थालेको जानकारी दिए ।

आठ महिना अघिनै कामलाई गति दिने पक्षमा थियौं । धेरै पहल र प्रयासहरु ग¥यौं । केही समस्याहरु देखिए । अव काम सुरु भएको छ । समयमै काम सम्पन्न हुने आशामा छौं’उनले भने–‘ट्रमा सेन्टर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धी हो । छिटो निर्माणको काम सकेर उपचार सेवा गर्नुपर्ने जरुरी छ ।

सांसद शर्मा संगै नेकपा एमालेका नेता रतनकुमार केसी, धुपनारायण चौधरी, पवन शर्मा रिजाल, जगनारायण चौधरी, निरज थापा लगायतको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे