प्यूठानमा टिप्परले अटो रिक्सालाई ठक्कर दि‌दा अटोमा सवार बाबु-छोराको घटनास्थलमै मृत्यु



प्यूठानमा टिप्परले अटो रिक्सालाई ठक्कर दि‌दा अटोमा सवार बाबु-छोराको घटनास्थलमै मृत्यु

प्यूठान २० मंसिर । प्यूठानमा टिप्परले अटो रिक्सालाई ठक्कर दिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका ५ चकचके नजिकै ठक्कर दिँदा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ बर्षका अमृता थापा र उनका ४ बर्षका छोरा सुशान्त थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे