कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक



कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक

काठमाण्डाै २० मंसिर । कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ । प्रदेश-१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी भएका छन् ।

सभापतिमा थापाले ८ सय ४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका हुन्। यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी हुनुभएको छ । वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् ।

प्रदेश-२ मा भने अधिवेशन कहिले हुने अझै अन्योल छ । प्रदेश-२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे