कांग्रेसकाे लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनकाे प्यानल विजयी



कांग्रेसकाे लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनकाे प्यानल विजयी

रुपन्देही २० मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन विजयी भएका छन् ।

रोल्पा जिल्लाका पूर्व सभापति समेत रहनु भएका पुनले सङ्घीय सांसद समेत रहेका रुपन्देहीका भरत शाहलाई ८५ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । पुनले ८ सय ५२ र शाहले ७ सय ६७ मत प्राप्त गरे । उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठले ८ सय ४७ र दाङका राजु खनालले ७ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । खनालसँग पुन समूहका रुपन्देहीका अष्टभुजा पाठक पराजित भए।

महामन्त्रीमा नवलपरासीका विक्रम खनाल ८ सय ४४ र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याएर विजयी भएका छन् । सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान ८ सय ५९ र दाङका खगराज पाण्डे ७ सय ७६ मत ल्याएर निर्वाचित भएका छन्। सहमहामन्त्री महिलातर्फ प्युठानकी निमा गिरी ८ सय ३० मत प्राप्त गरी विजयी भएकी छिन् ।

विजयी ८ जना पदाधिकारीमध्ये एक जना उपसभापति राजु खनालबाहेक सबै अमरसिंह पुनले नेतृत्व गरेको संस्थापन इतर समूहको प्यानलका उम्मेदवार हुन् । शनिवार भएको चुनावमा १ हजार ६ सय ३१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे