वलीको हत्या अभियोगमा पक्राउ परेका विक्की सहित चार जनालाई जन्मकैदको फैसला



वलीको हत्या अभियोगमा पक्राउ परेका विक्की सहित चार जनालाई जन्मकैदको फैसला

दाङ १८ मंसिर । दुई बर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरी निवासी रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले शनिबार विवेकसिंह ठकुरी (विक्की), सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । उनीहरुमाथि २०७६ साल असार २८ गते उरहरीमा खुकुरी प्रहार गरि वलीको हत्या गरेको अभियोग लागेको थियो ।

सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ बर्ष कैद सजाय सुनाइएको छ । विक्कीले यस अघि पनि गोली प्रहार गरि एक व्यक्तिको हत्या गरेका थिए । उनले २०६९ मंसिर ३० गते दाङको मोतिपुरका जितबहादुर चौधरीमथि गोली प्रहार गरि हत्या गरेपनि त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सुधारगृह पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे