अखिल नेपाल महिला संघ अधिवेशनमा जुट्याे



अखिल नेपाल महिला संघ अधिवेशनमा जुट्याे

देउखुरी १८ मंसिर । नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघले स्थानीय, क्षेत्र, जिल्ला र प्रदेशकाे अधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय गरेकाे छ । अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेशकाे शनिबार माैरीघाटमा सम्पन्न विस्तारित बैठकले मंसिर मसान्त सम्म पालिका र पुस भित्र क्षेत्र, जिल्ला तथा प्रदेशकाे अधिवेशन सम्पन्न गर्ने निर्णय गरेकाे अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेशका सचिव तथा प्रदेश सभा सदस्य सरस्वती गाैतमले जानकारी दिएकी छिन् ।

फागुन महिनामा केन्द्रीय अधिवेशन गर्ने तयारी गरिएको छ । यस्तै बैठकले नेकपा एमालेकाे दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टी कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेकाे प्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेकाे छ । अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेशका संयाेजक मैना भण्डारीकाे अध्यक्षता तथा अनेम संघका केन्द्रीय अध्यक्ष थममाया थापाकाे प्रमुख अातिथ्यतामा सम्पन्न बैठकलाई सम्बाेधन गर्ने वक्ताहरुले महिला सशक्तीकरणमा अझै कार्यक्रम केन्द्रित गरिनुपर्ने, हिंसा मुक्त देश मनाउन ध्यान दिनुपर्नेमा जाेड दिइएको छ ।

बैठकला अनेमसंघक केन्द्रीय सचिव तथा पार्टीका केन्द्रीय सदस्य बिशिस्ट अतिथि सुजिता शाक्य, राष्ट्रिय सभा सदस्य तथा अनेम संघ सचिवालय सदस्य विमला घिमिरे, नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, केन्द्रीय सदस्य नरुलाल चाैधरी, केन्द्रीय सदस्य सीता सिग्देल न्याैपाने, राष्ट्रिय सभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य काेमल वलि, दिपा शर्मा लगायतले सम्बाेधन गरेका थिए । अनेमसंघ लुम्बिनी प्रदेशका सहसंयाेजक लक्ष्मी काेइरालाकाे स्वागत मन्तब्यबाट सुरु भएको बैठककाे सञ्चालन अनेमसंघ लुम्बिनि प्रदेश सचिव सरस्वती गाैतमले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे