रेडियो स्रोता क्लवद्धारा राप्तीका ४ स्थानमा लैंगिक हिंसा सम्बन्धी सडक नाटक प्रदर्शन



रेडियो स्रोता क्लवद्धारा राप्तीका ४ स्थानमा लैंगिक हिंसा सम्बन्धी सडक नाटक प्रदर्शन

भालुवाङ १९ मंसिर । दाङ देउखुरीको राप्ती गाउँपालिकाको ४ स्थानमा आइतवार लैंगिक हिंसा सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।
रेडियो राप्ती लालमटियाद्धारा गठित समावेशी रेडियो राप्ती स्रोता क्लवको आयोजना एवम् राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र नामसालिङ सामुदायिक विकास केन्द्रको आर्थिक सहयोग र सुआहार २, आर.आर.एन, भृकुटी तथा लक्ष्मी महिला विकास सहकारी संस्थाको साझेदारीमा राप्ती गाउँपालिकाको भालुवाङ, लालमटिया, सिसहनियाँ र पत्थरगढवा चौबाटो बजारमा नाटक प्रर्दशन गरिएको छ ।

घरबाटै सुरु गरौ, महिला हिंसा अन्त्य गरौं भन्ने मुलनाराका साथ सञ्चालित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सो नाटक प्रदर्शन गरिएको हो ।समाजमा प्राय जसो मादकपदार्थ सेवन गरी परिवार भित्र हुने हिंसाजन्य घटनालाई न्युनीकरण गर्न नाटकको माध्यमबाट संदेश दिन खोजिएको छ । रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता र कार्यक्रम तथा विज्ञापन शाखा प्रमुख विरेन्द्र गिरीको लेखन तथा निर्देशनमा तयार पारिएको नाटकको कलाकारहरमा देवका न्यौपाने, सिमा केसी, लालमणी भुसाल, अनिता गिरी, सरस्वती भण्डारी, अंशु बोहरा, सन्तोषकुमार गुप्ता, मोतीराम भट्टराई, गौतम चौधरी र सपना रिजाल रहनु भएको थियो ।

नाटकको भिडियो छायांकन तथा सम्पादन अरुण पौडेल र विमल रानाले गर्नु भएको थियो । नाटकको उद्घाटन राप्ती गाउँपालिका २ लालमटिया बजारमा गरिएको थियो । स्रोता क्लवका अध्यक्ष लालमणी भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको नाटक उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, नामसालिङ सामुदायिक विकास केन्द्रका शशांकबाबु आचार्य, धर्म यादव लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे