व्यवसायी बीचकाे एकता आवश्यक छ : सुवेदी



व्यवसायी बीचकाे एकता आवश्यक छ : सुवेदी

देउखुरी १८ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले राज्य जहिले पनि उद्योगी व्यापारीहरूलाई दबाउँदै लगिरहेकाे अवस्थामा दाङका सम्पूर्ण उद्योग बाणिज्य संघहरू बीच एकता हुन जरूरी रहेकाे बताएका छन् ।

देउखुरीकाे गढवा उद्योग बाणिज्य संघकाे शनिवार संघकाे सभाहलमा भएकाे छैठाैँ बार्षिक साधारणसभाकाे उद्घाटन गर्दै सुवेदीले देशभरिका उद्योगी, व्यापारीहरूकाे साझा समस्या भनेकाे डाेके झाेले व्यापारी रहेकाे भन्दै त्यसका लागि राज्यलाई नै आवश्यक कानुन बनाएर नियन्त्रण गर्न देशभरका स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई पहल गर्नु पर्ने बताएका छन् ।

उनले सबै उद्योगी, व्यापारीहरूलाई कानुनकाे दायरामा ल्याएर मात्र व्यवसाय गर्न पाउनु पर्ने बताए। झाेले डाेके भन्दैमा कर नतिरी व्यवसाय गर्न नदिइने बताए । यदि राज्यले झाेले र डाेकेलाई नियन्त्रण नगरे उद्योग बाणिज्य संघहरूले आफै नियन्त्रणमा लिएर कार्वाही गर्ने बताए।

कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका सुवेदीले उद्योग बाणिज्य संघहरूले बिगतमा गरेका समाजिक कार्य नदेख्ने तर उद्योगी व्यापारीहरूलाई दबाउने र मिच्ने कार्य प्रति दुख व्यक्त गर्दै अब उद्योगी, व्यापारीहरू पनि आफ्नाे अधिकारका लागि एक ढिक्क हुनुकाे विकल्प नरहेकाे दाबी गरे ।

संघका अध्यक्ष खिमबहादुर बुढाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले राजधानी व्यवस्थापनका लागि देउखुरी क्षेत्रका उद्योग बाणिज्य संघहरू एक ढिक्का भएर सहयाेग बन्नुपर्ने बताएका थिए ।

उनीहरूले जसरी प्रदेशकाे राजधानीलाई देउखुरी ल्याउन दाङका सम्पूर्ण संघले जुन प्रकारकाे भुमिका खेल्याे, त्यसरी नै राजधानी व्यवस्थापन र याे क्षेत्रकाे विकासमा लाग्न सुझाब दिएका थिए । साथै कार्यक्रमका वक्ताहरूले राजधानीकाे विकासका लागि देउखुरीकाे एक मात्र नाका काेइलाबास नाकालाई सञ्चालनमा ल्याउनुकाे बिकल्प नरहेकाे बताएका थिए ।

वक्ताहरूले त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संयीय सरकार संघ आवश्यक पहल र दबाब दिनुपर्ने बताएका थिए । संघका निर्वतमान अध्यक्ष रबिलाल आचार्यकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चाैधरी, गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युबराज पाेख्रेल, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथाेकी, नेकपा एमाले गढवा गाउँकमिटी सचिवालय सदस्य चुरामणि पाैडेल, नेकपा एकिकृत समाजवादी पार्टीका राधेश्याम थारू कुमाल, राष्ट्रिय जनमाेर्चाका कपिलदेव खनाल र राष्ट्रिय समाजवादी पार्टीका माेहबब अलिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथाेकी, हाेटेल व्यवसायी समिती गढवाका अध्यक्ष दयाराम थापा, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरिप्रसाद पाेख्रेल, नागरिक समाज गढवाका अध्यक्ष माेहनकुमार पाण्डे, चेतनशिल समाजकी अध्यक्ष सकुन्तला डिसी र गढवा उवासंघका सल्लाहकारद्वय उमाकान्त पन्त, रामदास यादब(आरडी) लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संघकी सचिव मधा न्याैपानेले बार्षिक प्रगति प्रतिवेदन र काेषाध्यक्ष खुमानन्द पाेख्रेलले आर्थिक बर्ष २०७७/०७८ काे १९ लाख ५५ हजार ४४ रूपैयाँ १८ पैसाकाे आयव्यय सहितकाे आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघलाई स्थापनाकाल देखि महत्वपूर्ण याेगदान पुर्याएकाे भन्दै संघका निर्वतमान अध्यक्ष रबिलाल आचार्य, उत्कृष्ट तथा कुशल व्यवसायी कृष्ण बस्नेत, गढवा गाउँपालिकाकाे एउटै टाेलबाट फुल छात्रवृत्तिमा एमबिबीएस अध्ययनका लागि नाम निकाल्न सफल दिपसन आचार्य र सुदिन भुसाललाई प्रमाण-पत्र तथा दाेसल्ला ओढाएर सम्मान गरिएकाे छ भने कार्यक्रमका बिशेष अतिथीहरूलाई मायाकाे चिनाे समेत प्रदान गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन संघका वाणिज्य उपाध्यक्ष ओमप्रकाश बस्यालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे