कालिका सामुदायिक वन लालमटियाको अध्यक्षमा : अनुप चौधरी



कालिका सामुदायिक वन लालमटियाको अध्यक्षमा : अनुप चौधरी

लालमटिया १८ मंसिर । कालिका सामुदायिक वन उपभोक्ता समूह राप्ती गाउँपालिका २ लालमटियाको १३ औँ अधिवेशनले अनुप चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समुहको शनिवार लालमटियामा भएको २२ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा वेदुलाल सुवेदी, सचिवमा शिला पौडेल, कोषाध्यक्षमा लोकमाया तामाङ र सदस्यहरुमा रामप्रसाद अधिकारी, दुलारानी चौधरी, अन्जना कुमाल, भिमलाल न्यौपाने, लालमणी भुसाल, चित्रा आचार्य, यमबहादुर रोका, रामप्रसाद अधिकारी र कल्पना सुनार रहेका छन् ।

समुहका अध्यक्ष भिमकान्त भुसालको अध्यक्षता एवम् राप्ती सव वन डिभिजन कार्यालय मसुरीयाका निमिक्त प्रमुख दामोदर डाँगीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभा उद्घाटन कार्यक्रममा बोल्दै डाँगीले सामुदायिक वनले जहिले पनि उपभोक्ताकै हकहितमा काम गर्दै आएको बताएका छन् । उनले वन संरक्षणले वातावरण सफा स्वच्छ हुनुको साथै मानव जिवनमा अक्सिजन ग्यास समेत सामुदायिक वनबाटै प्राप्त हुने भएकाले वन संरक्षणमा सवैको ध्यान जान जरुरी रहेको बताए ।

सभामा वार्षिक प्रतिवेदन समुहका सचिव शिला पौडेल र आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष लोकमाया तामाङले प्रस्तुत गरेका थिए ।
सभामा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, नर्ती सामुदायिक वन समन्वय समितिका प्रतिनिधि तारा घिमिरे, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता, समाजसेवी तथा बुद्धिजीवी गिरिजा न्यौपाने, उपभोक्ता खिमानन्द भुसाल, सामुदायिक वनका केन्द्रीय सदस्य तथा सल्लाहकार डिलाराम पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभामा समुहलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने ५ जना सहयोगदाताहरूलाई सम्मानपत्र सहित खाँदा ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा पशु वृद्धा आश्रम तथा गिद्ध संरक्षण केन्द्र लालमटियामा अक्षय कोष स्थापनाका लागि लालमटिया निवासी आमा गिरिजा न्यौपाने र छोरी राजेश्वरी भण्डारीबाट १० हजार रुपैयाँ, बुवा दयाराम भुसाल र छोरी लिलादेवी भुसालबाट ४ हजार ५ सय, बुवा अजय तिमिल्सिना, आमा रोशनी तिमिल्सिना र छोरा अनुप तिमिल्सिनाबाट ४ हजार ५ सय रुपैयाँ प्राप्त भएको छ । समुहका उपाध्यक्ष अशोक कुमार चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहका सचिव शिला पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे