देउखुरीको लालमटियामा २ मोटरसाइकल ठोक्किदा ३ जना घाइते



देउखुरीको लालमटियामा २ मोटरसाइकल ठोक्किदा ३ जना घाइते

लालमटिया १८ मंसिर । देउखुरीको लालमटियामा २ मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । शनिवार दिउँसो २ बजेको समयमा लमही भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका २ लालमटिया चोकमा पश्चिमबाट पुर्व तर्फ गइरहेको लु ७३ प ४३२६ नम्बरको मोटरसाइकलले पश्चिमबाट खुरुरीया तर्फ जाँदै गरेको रा २ प ९३८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा सो मोटरसाइकलमा सवार राप्ती गाउँपालिका ४ मौरीघाट निवासी १९ वर्षका अशोक श्रेष्ठ समान्य घाइते भएका छन् ।

भने लु ७३ प ४३२६ नम्बरको मोटरसाइकल चालक प्युठान जिल्ला मल्लरानी गाउँपालिका ३ धरमपानी निवासी २९ वर्षका भक्तबहादुर पुन र सोही मोटरसाइकलमा सवार निजकी श्रीमती २८ वर्षका सिता पुन गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैलाई भालुवाङमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे