दाङमा साथीको जन्मदिन मनाउन गएका युवकको मृत्यु भएपछि साथीहरु सहित ११ जना पक्राउ



दाङमा साथीको जन्मदिन मनाउन गएका युवकको मृत्यु भएपछि साथीहरु सहित ११ जना पक्राउ

दाङ १७ मंसीर । दाङका एक युवकको मृत्यु भएपछि होटेल संचालक सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत बुधवार साथीको जन्मदिन मनाउने क्रममा अचेत अवस्थामा फेला परेका घोराही १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको बुटवलमा उपचारको क्रममा मृत्यु भएपछि घटना सार्वजनिक भएको छ ।

पौडेलको विहिवार बेलुका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।उनका अनुसार फ्रेन्ड एण्ड फेमिली होटेलमा गएको बुधवार मृतक पौडेलका साथी नविन गिरीको जन्मदिन मनाउन १६-१७ जना भेला युवाहरुभेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे