आगामी निर्वाचनलाई मध्यनजर गर्दै दाङका चार पालिकामा मतदाता नामावली संकलन सुरु



आगामी निर्वाचनलाई मध्यनजर गर्दै दाङका चार पालिकामा मतदाता नामावली संकलन सुरु

दाङ १७ मंसिर । आगामी निर्वाचनलाई मध्यनजर गर्दै दाङमा मतदाता नामावली संकलन बिषेश कार्यक्रम सुरु भएको छ । एक महिने बिषेश कार्यक्रम अन्तरगत पहिलो चरणमा चारवटा गाउँपालिकामा आजबाट मतदाता नामावली संकलन बिषेश कार्यक्रम सुरुभएको हो ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार आजदेखी बबई, शान्तिनगर, दंगिशरण र बंगलाचुुलीमा पुस २ गते सम्म गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन हुने छ ।

त्यस्तै राजपुुर, गढवा र राप्ती गाउँपालिकामा पुुस ४ गते देखी १८ गते सम्म नामावली संकलन गर्ने कार्यक्रम रहेको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

घोराहीमा प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरमा इलाका प्रशासन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन भैरहेको र अन्य सात गाउँपालिकामा एक महिने बिषेश कार्यक्रम सुरु गरिएको उनको भनाई छ ।

अब हुने स्थानिय, प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली संकलन थालिएको हो । अहिले सम्म दाङमा ३ लाख ७७ हजार ५ जना मतदाताले आफ्नो नाम दर्ता गराएका छन् ।

जस्मा एक लाख ९० हजार ८ सय ७५ जना महिला, एक लाख ८६ हजार १ सय २८ जना पुुरुष र २ जना तेस्रोलिंगी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे