यसपालिको दशैमा गायक कविराज ढकालले टिका सानुलाई पर्खेर नवस्नु भनेपछि…..



यसपालिको दशैमा गायक कविराज ढकालले टिका सानुलाई पर्खेर नवस्नु भनेपछि…..

दाङ ३ कार्तिक । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोकदोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ । यसै विच दिपक पाण्डे र कैलाश बोहोराको सयुक्त प्रस्तुतिमा संचारकर्मि एवम् गायक कविराज ढकालको सृर्जनामा ‘नवस्नु है पर्खि’ मनछुने दशैतिहार गितको अफिसिय म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ । पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय गायिका टिका सानु , संचारकर्मि एवम् गायक कविराज ढकाल र कैलाश बोहोराको सुमधुर स्वरमा रहेको गितमा कविराज ढकालकै उत्कृष्ट लय/शब्द सृर्जना रहेको छ ।

प्रदेशी नेपालिहरुको यथाप्थ जिवनमा आधारित रहेर प्रदेशी नेपालीहरुको यथार्थ पिडालाई गितमा दर्शाईएको छ । गितमा निकै मनछुने शब्दहरुको प्रयोग गरिएको छ , त कतिपय प्रदेशीहरुको जिवनमा मेल खान पनि सक्छ , हेरौ केहि मनछुने शब्दहरु : यो दशैमा हजुर घर आए , केहि पर्दैन अछेता शिवाय ऋण काडेको म प्रदेश छिर्नलाई , सक्या छैन अझै नि तिर्नलाई मदन खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियो अत्यन्तै राम्रो वनेको छ ।

गितको म्युजिक भिडियोमा सर्मिला वल्कोटी , प्रिति गुरुड , प्रकाश धामि , एलएन श्रेष्ठको मनछुने अभिनय देख्न सकिन्छ । उक्त गितको म्युजिक भिडियो Pooza Gurung को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ , भने गितको अडियो भिडियो पुनम रेकडिङ्ग स्टुडियोले प्रस्तुत गरेको छ ।

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे