दाङमा बिहिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना संक्रमणमुक्त



दाङमा बिहिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना संक्रमणमुक्त

दाङ ९ मंसिर । दाङमा बिहिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर गर्दा दुई जनामा कोरोना पष्टि भएको हो ।

कोरोनामा पुष्टि हुनेमा लमहीका दुई पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैबीच बिहिबार जिल्लामा तीन जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा राप्तीका दुई जना र घोराहीका एक जना रहेको केन्द्रले जनाएको छ ।

अहिले दाङमा कोरोनाका सकृय बिरामी ३५ रहेका छन् । उनिहरु मध्य ४ जना आईसियू सहितको उपचारमा रहेका छन् भने सामान्य एक जना र ३१ जना घरमै रहेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे