नेपाली काँग्रेसको दाङमा तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा संस्थापन पक्षका सभापति विजयी



नेपाली काँग्रेसको दाङमा तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा संस्थापन पक्षका सभापति विजयी

दाङ ८ मंसिर। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत दाङमा संघीय सभापतिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा तीन वटै क्षेत्रमा मंगलबार निर्वाचन भएको थियो ।

जसको बुधारबार दिउँसो अबरेमात्र सबै क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। मत परिणाम अनुसार संघीयत सभापतिमा संस्थापन पक्षले दुई वटा र संस्थापनइतर पक्षले एउटा निर्वाचन क्षेत्रमा जित निकालेको छ।

संघीय सभापतिमा दाङ क्षेत्र नं. १ बाट संस्थापन पक्षका भेषराज पाण्डे बिजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई १ सय ६५ मतले पछि पार्दै सभापतिमा पाण्डे बिजयी भएका हुन्।

कुल ६ सय ८५ मत खसेकोमा पाण्डेले ४ सय २२ मत प्राप्त गरेका छन् छ भने डिसीले २ सय ५७ मत प्राप्त गरेका छन्। निर्वाचनमा पाण्डेयको प्यानल नै बिजयी भएको छ ।

सचिवमा भने ४ सय २१ मत ल्याउँदै खेमलाल चौधरी र ४०० मत ल्याउँदै हेमलाल शर्मा विजयी भएको निर्वाचन समतिले जनाएको छ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा संघीय सभापतिमा भीमप्रकाश खड्का बिजयी भएका छन् । संस्थापन पक्षधर खड्काले आफ्ना प्रतिस्पर्धी चित्रबहादुर डाँगी (निर्मल) लाई १०० मतले पछि पार्दै बिजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार बिजयी खड्काले ३ सय ६६ मत प्राप्त गर्दा संस्थापनइतरका निर्मलले २ सय ६६ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा आर.के. सितल र हिमबहादुर डाँगी बिजयी भएका छन् । उनीहरुले समान ३२१÷३२१ मत प्राप्त गर्नुभएको छ । सचिवमा विजयी हुनुभएका सितल भने संस्थापनइतरका हुन् । दाङ निर्वाचन क्षेत्र नं २ मा कुल ६ सय ५१ मतदाता मध्ये ६ सय ४२ मत खसेको थियो ।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर ३ को संघीय सभापतिमा जगतबहादुर खड्का बिजयी भएका छन् । खड्का संस्थापनइतर पक्षका हुन् । उनले ४ सय ३८ मत प्राप्त गर्दै बिजयी भएका हुन्।

यस निर्वाचन क्षेत्रमा सभापतिका लागि ३ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा खड्का प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३ सय ११ मत र किरण शाहले ६८ मतमात्रै प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा पनि जगतकै प्यानलबाट शोभाकर सापकोटाले ३ सय ६० र पूर्णबहादुर खत्रीले ४सय १६ मत प्राप्त गर्दै बिजयी भएका छन् । दाङको क्षेत्र नं. ३ मा कुल ८ सय ४७ मतदातामध्ये ८ सय ४४ मत खसेको थियो। नेपाली काँग्रेसको यो जिल्लाको सबभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्र हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे