कांग्रेस दाङको तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न



कांग्रेस दाङको तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न

दाङ ८ मंसिर । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्तरगत दाङमा संघको तीन वटा निर्वाचन क्षेत्रमा चुनाव सम्पन्न गरेको छ । यसै क्रममा क्षेत्र नम्बर १ मा भेषराज पाण्डेले ४ सय २२ मत ल्याएर सभापतीमा निर्वाचित भएका छन् । पाण्डेका प्रतिद्वन्दी सर्वजित डिसीले २ सय ५७ मत ल्याएका थिए।

सचिवमा पाण्डे प्यानलका खेमलाल चौधरीले ४ सय २१ र हरिहर शर्मा ४ सय मत प्राप्त गरी निर्वाचित भएका छन् । सहसचिव पदमा गोबिन्दकुमार वलीले ४ सय ६३ र प्रकाशकुमार जिसीले ४ सय ८ मत प्राप्त गरी बवजयी भएका छन् । क्षेत्र नम्बर १ मा कुल ६ सय ९४ मतदाता मध्ये ६ सय ८५ जनाले मतदान गरेका थिए ।

त्यस्तै क्षेत्र नम्बर २ मा भिमप्रकास खड्काले ३ सय ६६ मत ल्याएर सभापतीमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी चित्रबहादुर डाँगी निर्मलले २ सय ६६ मत ल्याएका थिए । सचिवमा खड्का प्यानलका हिमबहादुर डाँगी र डाँगी प्यानलका आरके सितलले समान ३ सय २१ मत प्राप्त गरि बिजयी भएका छन् ।

त्यस्तै सहसचिवमा खड्का प्यानलका रमेशकुमार पाण्डेले ४ सय २ र रञ्जित श्रेष्ठ ३ सय ३९ मत प्राप्त गरि निर्वाचित भएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ मा कुल ६ सय ५१ जना मतदाता रहेकोमा ६ सय ४२ जनाले मतदान गरेका थिए । यता दाङ निर्वाचन क्षेत्र नम्वर ३ को सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् । उनले ४३८ मत प्राप्त गरी विजयी हासील गरेकोे निर्वाचन समितिले जनाएको छ । उनका प्रतिद्धन्द्धी सुरेन्द्र बहादुर खड्काले ३११ मत प्राप्त गरेका छन् । दुवै बिच १२७ मतान्तरको फरक रहेको छ । यस्तै सभापतिका उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गरेका छन् ।

यस्तै गरी सचिवमा पुर्ण बहादुर खत्री र सोभाकर सापकोटा निर्वाचित भएका छन् । उनका प्रतिस्प्रर्धी रवि बुढाथोकी र भेषराज डाँगी पराजित भएका छन् । यस्तै सहसचिवमा डेफुलाल चौधरी र भिमकान्त भट्टराई निर्वाचित भउका छन् । अन्य पदाधिकारीको पनि अन्तिम मतपरिणाम सार्वजनिक भएको समितिले जनाएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत दाङका तिन वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे