प्रेस सेन्टर लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन भोली दाङको भालुवाङमा हुँदै



प्रेस सेन्टर लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन भोली दाङको भालुवाङमा हुँदै

भालुवाङ ८ कार्तिक । प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन भोली बिहिबार राप्ती गाउँपालिकामा हुने भएको छ ।
सम्मेलनको उद्घाटन पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्ने कार्यक्रम रहेको प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश संयोजक मानसिङ विश्वकर्माले जानकारी दिएका छन ।

उहाँका अनुसार सम्मेलनमा महराका साथै लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसी सोनाम, संघीय सरकारका कृषि मन्त्रि चक्रपाणी खनाल बलदेख, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल लगायतका नेताहरु आउनुहुने छ ।

राप्ती गाउँपालिकाको सभाहलमा हुने कार्यक्रमको सम्पूणर् तयारी पूरा भइसकेको विश्वकर्माले जानकारी दिए । ‘यो सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने छ,’ उनले भने, ‘हामीले लुम्बिनी प्रदेश प्रेस सेन्टरको घोषणा पत्र समेत जारी गर्ने छौं अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।’

प्रदेश सम्मेलनका लागि केन्द्रीय अतिथिहरु आज बेलुकी नै भालुवाङ आइपुग्ने सम्मेलनको आतिथ्यता शाखा प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माले जानकारी दिए ।

‘जनपक्षीय र श्रमजिवी पत्रकारको पक्षमा हाम्रो आन्दोलन, सञ्चारमैत्री प्रदेश निर्माण आह्वानमा दोस्रो लुम्बिनी प्रदेश सम्मेलन’ भन्ने मुल नाराका साथ हुन थालेको सम्मेलनमा लागि १२ जिल्लाका करिब एक सय ७५ प्रतिनिधिहरु आउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे