राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने



राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने

मसुरीया ८ मंसिर । दाङ देउखुरीको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने भएको छ । राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बुधवार राप्ती गाउँपालिकामा सरोकारवाला संघसंस्था सहितको बैठकले १६ दिने अभियान मनाउने निर्णय गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक जगदम्बाकुमारी चौधरीको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा बसेको बैठकले भोली विहान ११ बजे ¥याली सहित गाउँपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरी अभियानको उद्घाटन गर्ने, त्यसै गरी हिंसामा परेका परिवारका श्रीमान श्रीमतीलाई राखेर लंैगिक समविकास तालिमको आयोजना गर्ने निर्णय गरेको छ ।

जस अनुसार गाउँपालिकाको सभाहल मसुरीया, ५ नम्बर वडा कार्यालय र ९ नम्बरको देवीकोटमा कार्यक्रम स्थल तय गरिएको छ ।
भने रेडियो राप्ती लालमटियाबाट १६ दिन सम्म लैंगिक हिंसा विरुद्ध संदेशमुलक सामाग्री प्रशारण गर्ने निर्णय समेत गरेको छ । बैठकको सहजीकरण महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जिवनकुमारी जिसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे