देउखुरीको सिसहनियाँमा डा. बाबुराम भट्टराई र असोक राई आउँदै
भालुवाङ ८ मंसिर । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहित पार्टीका बरिष्ठ नेता असोक राई लगायतका नेताहरु मंसिर ११ गते शनिबार देउखुरीको सिसहनियाँमा आउने भएका छन् ।
पार्टीको केन्द्रिय कार्यक्रम जनता समाजवादी पार्टी जिल्ला कार्य समिती दाङको आयोजनामा हुन लागेको संगठन शुद्धिकरण तथा जनजागरण कार्यक्रमलाई बिशेष सम्बोधन गर्नका लागि पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहित पार्टीका बरिष्ठ नेता असोक राई, पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष असोककुमार यादव, केन्द्रिय सदस्यहरु हरिप्रसाद रिजाल र यज्ञ पोख्रेल लगायतका नेताहरु देउखुृरीको सिसहनियाँमा आउन लाग्नु भएको पार्टीका जिल्ला अध्यक्ष तथा संघीय परिषद् सदस्य होमप्रसाद शर्माले जानकारी दिए ।
संघीयता, सुशासन, समृद्धि र समाजवाद भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका—५ प्रगतिनगर सिसहनियाँ बजारमा बिहान ११ बजे हुने कार्यक्रममा दाङ जिल्ला सहित छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची, कपिलबस्तु र बाँकेबाट समेत हजारौँको संख्यामा नेता कार्यकर्ताको सहभागिता रहने जसपा दाङले जनाएको छ ।
बैकल्पिक राजनितिक धारको रुपमा स्थापित जसपाको राजनैतिक दृष्टिकोण, सिद्धान्त र अगामी रणनिति लगायतका बिषयमा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम समेत रहेको पार्टीका संघीय परिषद् सदस्य टोपबहादुर कार्कीले जानकारी दिए ।
साथै उनले उक्त दिनको कार्यक्रममा उपस्थीत भईदिन पार्टीका सम्पूणर् नेता, कार्यकर्ता तथा दाङ—देउखुरीबासी एवम् सञ्चारकर्मी सबैमा अनुरोध समेत गरेका छन् ।