जनक्रान्तिका घाइते तथा अपाङ योद्धा संगठन लुम्बिनी प्रदेशको बैठक भालुवाङमा सम्पन्न



जनक्रान्तिका घाइते तथा अपाङ योद्धा संगठन लुम्बिनी प्रदेशको बैठक भालुवाङमा सम्पन्न

भालुवाङ ७ मंसिर । जनक्रान्तिका घाइते तथा अपाङ योद्धा संगठन लुम्बिनी प्रदेशको बैठक दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा सम्पन्न भएको छ ।

बैठकले मंसिर २० भित्र लुम्बिनी प्रदेश भित्रका सबै लिल्लामा भेला गर्ने, मंसिर मसान्तमा प्रदेश भेला गर्ने र सम्पर्क कार्यलय दाङ जिल्लामा राख्ने लगायतकाे निर्णय गरेको छ ।

संगठनका अध्यक्ष चन्द्रप्रसाद शर्माको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यतामा भएकाे बैठकलाइ सम्बाेधन गर्दै पार्टीका केन्द्रिय सदस्य आचार्यले जनयुद्ध युगान्तकारी घटना भएकोले यसैको बलमा नेपालमा परिवर्तन सम्भव भएको बताए ।

उनले याे परिवर्तनप्रति जनयोद्धाहरुले गर्व गर्नु बताए । उनले अबको समाजवादको यात्रामा जनयोद्धाहरुको भुमिका अझ बढेर गएको बताउँदै केन्द्रिय सदस्य आचार्यले उत्साहाको साथ समाजवादको यात्रामा निरन्तररुपमा डटिरहन अह्वान गरेका छन् ।

बैठक लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुको विशिष्ट आतिथ्यतमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे