लुम्बिनी प्रदेशका सभामुख घर्तीद्धारा निर्माणधिन प्रदेशसभा भवनको निरिक्षण



लुम्बिनी प्रदेशका सभामुख घर्तीद्धारा निर्माणधिन प्रदेशसभा भवनको निरिक्षण

भालुवाङ ७ मंसिर । लुम्बिनी प्रदेशसभाका सभामुख पूणर्बहादुर घर्तीले निर्माणधिन प्रदेशसभाको आज बिहान निरिक्षण गरेका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको राप्ती गाउँपालिका—३ स्थीत राप्ती प्राविधिक शिक्षालयमा बन्दै गरेको प्रदेशसभा भवनको निरिक्षण गरेका छन् ।

सभाहलको निरिक्षण गर्दै सभामुख घर्तीले अहिलेको हिउँदे अधिवेशन ढिलै भएपनि स्थायी राजधानीमै हुने विश्वास व्यक्त गरेका छन् । उनले पछिल्लो समय सभाहलको निर्माणले गति लिएकोमा खुसी समेत व्यक्त गरे ।

दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ को राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा सभाहल निमाणर् कार्य धमाधम सुरु भएको छ । २३ औँ दिनमा सम्म ५० प्रतिशत काम पुरा भएको र निधारित समयमै प्रदेशसभाको भवन निर्माण कार्य सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रदेश पुर्वधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए ।

हाल प्रदेशसभा भवन निमांणमा माटो फिलिङको काम सम्पन्न गरी पिलर खडा गर्ने र इटा जडानको काम तीव्र गतिले अगाडी बढेको छ । राती र दिउँसो गरी २ सिप्टमा कामदार खटाएर निमाणर्को काम सुरु गरिएको छ प्राधिकरणले जनाएको छ ।

प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २१ लाखको लागतमा निर्माण गर्न थालेको छ । अहिले सम्म प्रदेशसभाको बैठक अस्थायी मुकाम बुटवलमा बस्दै आएको छ ।

राजधानी तोकिएको एक वर्ष पुगिसकेको छ । प्रदेश सरकारले राजधानी कार्यान्वयनको लागि गम्भीर रहेको जनाउँदै अब आह्वान गरिने हिउँदे अधिवेशन स्थायी राजधानीमै बोलाउने तयारी गर्नु आफैमा सकारात्मक विषय हो ।

प्रदेशसभा भवनलाई विशेष रुपमा सिंगारिने र सोही भवनबाट प्रदेशसभाको बैठक सञ्चालन गर्ने योजना छ । सत्ता पक्ष दलका नेता र प्रतिपक्ष दलका नेतालाई आमने सामने राखेर बैठक सञ्चालनको नयाँ अभ्यास नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट गरिने भएको छ ।

अनुगमनमा लुम्बिनी प्रदेशसभाका सभामुख पूणर्बहादुर घती, प्रदेशसभाका सचिव दुलर्भ घर्ती प्रदेश पुर्वधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरे, प्राधिकरणका आर्तिटेक इन्जिनीयर बासुदेव अधिकारी र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे