प्युठानमा कांग्रेसको मतगणना स्थलमा गोली चल्यो, प्रहरी सहित ७ जना घाईते



प्युठानमा कांग्रेसको मतगणना स्थलमा गोली चल्यो, प्रहरी सहित ७ जना घाईते

प्युठान ७  मंसिर ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो। मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।

मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरी बीच झड्प भएको हो। प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्रहार गरेको खबर छ । झडपका क्रममा दुई जना प्रहरी सहित कम्तिमा ७ जना घाईते भएका छन।  प्रहरी जवान गोपाल जिसी र शसस्त्र प्रहरी जवान  २३ बर्षिया चन्द्र बहादुर गाह घाईते छ्न।

त्यस्तै, प्रदर्शनकारी तर्फ घाईते हुनेमा कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन। घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ। देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आक्रमण भएको थियो। झण्डै दुई घन्टा अघि देखिको तनाब अझै साम्य भएको छैन। आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ।

निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी मैदानमा छन। यो समाचार तयार पार्दा सम्म जिल्ला सभापती पदका लागि खसेकोकुल १०६५ मत मध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। अब जम्मा ६५ मत गणना हुन बाँकी छ। गिरि पक्षका कार्यकर्ता विजयी घोषणा गरि खुशी मनाईरहेका छन भने रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गरिरहेका छन । घटनाको बिस्तृत बिबरण आउन बांकी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे