प्रयाप्त खोप केन्द्रकाे व्यवस्था नहुँदा कोरोना बिरुद्धको खोप लगाउने सेवाग्राहीलाई सास्ती



प्रयाप्त खोप केन्द्रकाे व्यवस्था नहुँदा कोरोना बिरुद्धको खोप लगाउने सेवाग्राहीलाई सास्ती

सिसहनियाँ ६ मंसिर । खोप केन्द्र प्रयाप्त मात्रमा नहुँदा कोरोना विरुद्धको खोप लगाउन आउने सेवाग्राहीले दुख पाउने गरेका छन् । सोमवार दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ स्वास्थ्य चौकीमा कोरोना विरुद्धको खोप लगाउन आएका युवाहरुको लाइन थामी नसक्नु थियो ।

स्वास्थ्य चौकीबाट सुरु भएको लाइन सडक सम्म पुगेको थियो । राप्ती गाउँपालिकाले सोमवार देखि ३० वर्ष माथिका नागरिकलाई एष्ट्राजेनिका खोपको पहिलो मात्र लगाउन सुरु गरे सँगै खोप लगाउन आउने युवाहरुको भिडभाड रहेको थियो । नाम दर्ता र खोप लगाउने स्थलमा स्वास्थ्यकर्मी प्रयाप्तमा नहुँदा नागरिकहरुले दुख पाउने गरेका छन् ।

घण्टौ देखि लाइनमा बसेकाहरु लाइनमै बसेका देखिन्थे भने सोर्स हुने हरुले सोर्स लगाएर सजिलै खोप लिएको देखिन्थ्यो । उता प्रस्तावित भालुवाङ अस्पतालमा पनि कोरोना विरुद्धको खोप लगाउन पहिलो दिन नागरिकहरुको निकै भिडभाड रहेको थियो । राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकी र भालुवाङको प्रस्तावित भालुवाङ अस्पतालमा खोप सेवा सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे