लमही खानेपानीद्वारा विश्वको दोस्रो होची महिलालाई निशुल्क धारा बितरण



लमही खानेपानीद्वारा विश्वको दोस्रो होची महिलालाई निशुल्क धारा बितरण

लमही ६ मंसिर । लमही खानेपानी सरसफाई तथा उपभोक्ता समितिले विश्वको दोस्रो होची तथा नेपालको पहिलो होची महिला ईश्वरी माया छिनाललाई निशुल्क धारा बितरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सो कार्य गरेको हो ।

संस्थाका अध्यक्ष दन्डीराम चौधरीले छिनाललाई कार्यालय परिसरमा मिटर हस्तान्तरण गरेर निशुल्क धारा बितरण गर्नु भएको हो । लमही नगरपालिका ६ देउपुर निवासी छिनाल अहिले २९ बर्षकी हुनुहुन्छ । मेला महोत्सबमा उनको सहभागी बढि हुने गरेको छ ।

यस अघि लमही नगरपालिका ६ घोरेबासकी ज्ञानुमाया कुसुन्डालाई पनि निशुल्क धारा प्रदान गरिएको थियो । खानेपानीले पानी मात्रै बितरण गर्दैन समाजिक क्षेत्रमा पनि काम गर्छ यस कोभिडको मारमा परेकाहरुलाई राहत पनि बितरण गरेको थियो भने सामुदायिक बनमा पनि काम गरेको संस्थाका सचिब सनमकुमार पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे