पश्चिम दाङमा टेक्टरले किच्दा एक युवकको ज्यान गयाे



पश्चिम दाङमा टेक्टरले किच्दा एक युवकको ज्यान गयाे

तुलसीपुर ५ मंसिर । पश्चिम दाङमा टेक्टरले किच्दा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा शान्तिनगर गाउँपालिका–२ पेदा निबासी २२ बर्षका लोक बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।

बौलाह खोलाबाट ढुङ्गा लिएर फर्किदै गरेको लु ४ त ७७७१ नम्बरको टेक्टरबाट खसेका वलीलाइ टेक्टरले किच्दा घटना स्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । चालक भने फरार रहेका छन् । घटना करिब साँझ सात बजेको हो । टेक्टर खोलाबाट ढुङ्गा चोरी गरेर गाउँतर्फ फर्किदै थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे