देउखुरीको अर्नहनपुरमा दुई बर्षपछि रामघाट मेला सुरू, मेलामा चहलपहल बढ्याे



देउखुरीको अर्नहनपुरमा दुई बर्षपछि रामघाट मेला सुरू, मेलामा चहलपहल बढ्याे
सिसहनियाँ ३ मंसिर । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा हिजो राति देखि रामघाट मेला सुरू भएको छ ।
रामघाट मेला व्यवस्थापन समिति राप्ती गाउँपालिका ७ अर्नहनपुरको आयोजनामा मंसिर २ गते बेलुका देखि ४ गते दिउँसो १ बजे सम्म मेला सञ्चालन हुने मेला व्यवस्थापन समितिका सचिव नरेशकुमार चाैधरीले जानकारी दिएका छन् ।
प्रत्येक वर्ष अर्नहनपुरको खेल मैदानमा परम्परागत रुपमा लाग्दै आएको मेला २ वर्ष कोरोना महामारीका कारण बन्द भएको थियोे । क‍ोरोना महामारी कम भएपछि यस वर्ष पुन मेला सञ्चालनमा आएको छ । एतिहासिक रामघाट मेला हेर्न जाऔं, धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गरौै  भन्ने मुल नाराका साथ मेला सुरू भएको हो । मेलामा २२४ वटा स्टल रहेका छन् ।
मेला अवलोकन सँगै नेपालको दोस्रो लामो पुल अवलोकन गर्न सकिने, मन्दिरमा पुुजा आराधना गर्न सकिने बच्चाका खेलौना, विभिन्न गेम आइटमहरु विभिन्न नेपाली तथा थारू परिकारहरु खान पाइने व्यवस्था समेत रहेको मेला व्यवस्थापन समितिका सचिव चाैधरीले जानकारी दिएका छन् । मेलाबाट संकलित रकम राम मन्दिरको व्यवस्थापनमा खर्च गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे